May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:१९
शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।

केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस विषयमा एउटा सांसद भएको हिसाबले पनि म संसदमा कुरा उठाउनेछु, उहाँको भनाइ थियो । शिक्षा विधेयककै विरोध आफूहरूले नगर्ने र नगरेको स्पष्ट पार्दै त्यसभित्रका केही बुँदाहरू स्वीकार्य नहुने उहाँले जनाउनुभयो ।

संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि म शिक्षकहरूसँगै सङ्घर्षमा रहनेछु, उहाँले भन्नुभयो । विधेयकका राम्रा पक्षहरूमा छलफल चलाउनु र नराम्रा पक्षहरूलाई सच्याएर अघि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको सम्झँदै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताउनुभयो । विधेयक सच्चिएर आउँछ जस्तो लागेको थियो तर त्यस्तो देखिएन, महामन्त्री शर्माले भन्नुभयो ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट