June 20, 2024 | बिहिबार, असार ६, २०८१
सुचनाहरु
आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:४२
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

श्रीलंकाले आज एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि घरेलु मैदानमा भारतको सामना गर्दैछ। कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेका थिए। सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो।

फाइनल खेलका लागि वर्षा भने बाधक हुने देखिएको छ। श्रीलंकन मौसम विभागले वर्षा हुने सम्भावना ९० प्रतिशत देखाएको छ। वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ। भारत र पाकिस्तानबीचको सुपर फोरको खेल पनि रिजर्भ डेमा खेलाइएको थियो।

६ टोली सहभागी एसिया कपको १६औं संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए। नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो।

भारत पाँच वर्षपछि उपाधि जित्ने योजनामा छ। पछिल्लो पाँच वर्षयता भारतले कुनै पनि फर्म्याटमा उपाधि जितेको छैन। भारत आठौं पटक विजेता बन्न चाहन्छ। श्रीलंका सातौं पटक च्याम्पियन बन्ने योजनामा छ। भारतले सन् २०१८ मा यूएईमा भएको एसिया कप उपाधि जितेको थियो।

सन् २०१८ पछि भारतले आइसिसीले आयोजना गर्ने पाँच र एसिसीले आयोजना गर्ने एक प्रतियोगिता खेलिसकेको छ। तर, भारतले विश्व क्रिकेटमा पछिल्लो पाँच वर्षयता कुनै उपाधि जित्न सकेको छैन। सन् २०१३ मा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन्स ट्रफी जितेको थियो।

भारत एकदिवसीय एसिया कपमा १०औं पटक फाइनल खेल्दै छ। यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतको पोल्टामा छ। भारतले सन् २०१६ मा भएको टी–२० एसिया कपको उपाधि जितेको थियो। भारतले नौमध्ये आठपटक श्रीलंका र एकपटक बंगलादेशविरुद्ध फाइनलमा प्रतिस्पर्धा गरेको हो। युएईमा भएको सन् १९८४ को पहिलो एसिया कप भारतले नै जितेको थियो।

भारत र श्रीलंकाबीच समग्रमा २०औं पटक फाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ। दुवैले आइसिसी र एसिसीका फरक प्रतियोगितामा १९ पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीले समान ९ पटक जित हासिल गरेका छन्। एक खेलमा भने कुनै नतिजा आएको छैन।

एसिया कपको इतिहासमा सर्वाधिक सात पटक उपाधि जित्ने एक्लो टोली भारत हो। एकदिवसीय र टी–२० फर्म्याट गरी भारतले कुल सातपटक उपाधि जितेको छ। टी–२० उपाधि एकपटक हात पारेको छ। भारतले सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको छ। भारतपछि दोस्रो स्थानमा श्रीलंका छ। श्रीलंकाले ६ पटक उपाधि जितेको छ। श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको हो। पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्