May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

कोशीमा विश्वासको मत अघि बजेट पास गर्ने तयारी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२१
कोशीमा विश्वासको  मत अघि बजेट पास गर्ने तयारी

कोशी प्रदेश सरकारले विश्वासको मत लिनुअघि अध्यादेशको बजेट पास गर्ने तयारी गरेको छ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत अगाडि नै बजेट पास गर्न प्रयास गर्ने तयारी गरेको हो ।

सरकारको भविश्य अनिश्चित रहेकोले प्रदेशलाई बजेट होलिडेको अवस्थामा पुग्न नदिने बजेटमा सहमति जुटाउने प्रयास भइरहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गत जेठ ३१ गते सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदा भदौ १० गतेदेखि भदौ २४ गतेसम्म प्रदेश बजेटविहिन भएको थियो । उद्धब थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले बर्खास्त गरेपछि मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारले भदौ २४ गते अध्यादेशबाटै दोस्रो बजेट जारी गरेको थियो ।

अध्यादेशबाट आएको बजेट प्रदेशसभबाट प्रतिस्थापन गर्नुपर्ने भएकोले केही दिनभित्रै प्रदेशसभाको चौथो अधिवेशन बोलाउने तयारीमा सरकार रहेको भण्डारीले जानकारी दिए । यसअघि आएको बजेटमा उद्धब थापा नेतृत्वको सरकारले तयार गरेको प्रतिस्थापनसमेतलाई समेटेर नयाँ प्रतिस्थापन बिधेयक बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

‘सरकारको आयु अनिश्चित रहेकोले बजेटलाई पहिलो प्राथमिकता दिन खोजिएको छ’ उनले भने, ‘सरकारको टुंगो नरहेकोले सबै दलको सहमतिमा बजेट पारित गर्ने प्रयास रहेको छ ।’ उनले यसअघिको सरकारले तयारी गरेको प्रतिस्थापन बिधेयकका कार्यक्रमलाई पनि समेटेर जान आफूहरु तयार रहेको भन्दै त्यसको लागि छलफल गर्ने बताए ।

निवर्तमान मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रतिस्थापन विधेयकमा समावेश भएका विषयलाई पनि समेटेर नयाँ प्रतिस्थापन विधेयक लैजाने र सदनबाट सर्वसम्मत पारित गर्ने योजना सरकारले बनाएको उनले बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री पाँचकर्ण राईले भने विश्वासको मत लिएर बजेट प्रतिस्थापन गरिने बताएका छन् ।

संविधानको व्यवस्था अनुसार सरकारले ल्याएका अध्यादेशहरु जारी भएपछि पहिलो पटक बसेको संसद बैठकमा टेबल गर्नुपर्छ । टेबल गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक मार्फत प्रतिस्थापन गर्न नसके उक्त अध्यादेश स्वतः निस्क्रिय हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट