काठमाडौं ।।
सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।
उक्त सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी रहेको नेप्सेमा बिहीबारको वृद्धि कायम नभएको बजारका जानकारहरु बताउँछन् । उक्त सीमा पुनरवलोकन हुँदा बजारलाई ठूलो प्रभाव नपरे पनि सेयर लगानीकर्तामा मनोवैज्ञानीक प्रभाव पर्ने र त्यसले लगानीकर्ताको मनोबल बढ्ने बजारका जानकारहरु बताउँछन् ।