May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बझाङका भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:४४
बझाङका भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन
  • भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु गर्ने
  • राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने
  • राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने

काठमाडौं ।।

प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् । सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने बताए ।

काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुननदिने प्रतवद्धतासमेत व्यक्त गरेका छन् । बझाङमा गत मंगलबार दिउँसो ३:०६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।