May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

रावाबेँसी गाउँपालिकाद्वारा तोरी पेल्न मिल सञ्चालन

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:३८
रावाबेँसी गाउँपालिकाद्वारा तोरी पेल्न मिल सञ्चालन

रावाबेँसी गाउँपालिकामा तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू

खोटाङ, १२ असोज ः तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ । किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले रु चार लाख ९२ हजार पाँच सय ३५ मिल सञ्चालनमा ल्याएको हो ।

मिल चलाउने जिम्मा वडा नं १ कुभिन्डेको हरम्टारस्थित कटहरे कृषक समूहका सदस्य माधव पाण्डेले लिनुभएको जनाइएको छ । गाउँपालिकाभित्रका तोरी उत्पादन गर्ने किसानलाई बजार मूल्यभन्दा प्रतिकेजी रु पाँच छुट दिनेगरी गाउँपालिको लगानीमा मिल सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिनुभएको छ ।

छ वडा रहेको रावाबेँसी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९÷०८० देखि तोरी खेती प्रवद्र्धन कार्यक्रम सुरुआत गरेको थियो । किसानले उत्पादन गरेका तोरी पेलेर तेल निकाल्ने, तेल पेलेर निस्किएको पिनालाई पशुचौपायका लागि उपयुक्त हुने दानाका रुपमा प्रयोग गर्दै पशुपालन व्यवसाय प्रवद्र्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको हो ।

किसानको खेत र बारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयातित तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले गत वर्ष किसानलाई तोरी र सूर्यमुखी फूलको बीउ निःशुल्क वितरण गरेको थियो । रावाबेँसी गाउँपालिकाका कतिपय किसानले स्वतःस्फूर्त पनि तोरी खेती लगाउँदै आएको अवस्थामा गाउँपालिकाले चक्लाबन्दी तोरी खेती कार्यक्रम लागू गरेको हो ।

खाने तेलमा गाउँपालिकाबाट अनुमानित वार्षिक रु साँढे तीन करोडदेखि रु चार करोड रकम बाहिरिने तथ्यलाई मध्यनजर गर्दै तोरी खेतीको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिनुभएको छ । “तोरी खेतीका लागि १४ क्लष्टर निर्धारण गरिएको छ । खाने तेलमा हुने निर्यात खर्चलाई न्यूनीकरण गरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका एकैसाथ एक सय २५ हेक्टर (दुई हजार पाँच सय रोपनी) जग्गामा चक्लाबन्दी तोरी खेती सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “बाँझिदै गएको जग्गालाई उपयोगमा ल्याउने र किसानलाई स्वरोजगार बन्न उत्प्रेरित गर्ने योजनासहित चक्लाबन्दी तोरी खेती प्रवद्र्धन कार्यक्रमको अवधारणा ल्याइएको हो ।”

रावाबेँसी गाउँपालिकाका अधिकांश क्षेत्र तेलहन बालीको व्यावसायिक खेती गर्नका लागि उर्वर भूमि मानिन्छ । तेलहन बालीको लागि उपयुक्त भूमिमा गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेपछि किसानसमेत हर्षित भएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि कृषि उत्पादनलाई प्राथमिकता दिएका छन् । जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक वर्षका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि पेशालाई व्यवसायीकरण गर्न चाहने किसानका लागि ‘किसान क्रेडिट कार्ड’ कार्यक्रमसमेत लागू गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपन्छीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।