विराटनगर ।।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, “यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।”
ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रस्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए । ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोसी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।