sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:५१
अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

काठमाण्डाै – अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेकाे छ । आज शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिकाे बैठक ले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो ।

बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थ समिति सञ्चालन कार्यविधि २०८० सर्वसम्मतिले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताउनुभयो । उहाँले बैठकको कार्यसूचीबारे ४८ घण्टाअघि नै समितिका सदस्यलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताउनुभयो ।

बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्त्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताउनुभयो । उहाँले समितिका पाँच वटाभन्दा बढी बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोधिने बताउनुभयो । उहाँले सांसदहरूले दिएका रायलाई समेटेर कार्यविधि बनाउन सचिवालयलाई निर्देशन पनि दिनुभयो ।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिविना बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid