त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान
काठमाडौँ । कोभिड-१९ महामारीपछि सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान भएको छ । विमानस्थलका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान-अवतरण)को तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ ।
पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको विमानस्थलले जनाएको छ । कोभिड-१९ भन्दा अगाडि सबैभन्दा व्यस्त भएको दिन ११० वटासम्म अन्तर्राष्ट्रिय फ्लाइट मुभमेन्ट भएको रेकर्ड रहेको छ । चाडबाडको समयमा आफ्नो मुलुक फर्कने नेपालीसँगै पर्यटकको आवागमनसमेत बढ्दा अहिले उडानमा चाप रहेको छ ।