sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

४८ अर्ब ऋण हुँदा हुँदै जहाज किन्न आँतुर हुँदै निगम

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१0
४८ अर्ब ऋण हुँदा हुँदै जहाज किन्न आँतुर हुँदै निगम
  • विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगिसक्यो 
  • नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् नै लागे
  • पर्यटन मन्त्री सुदन किराती जहाज किन्न हौसिएका छन् 

काठमाडौं ।।

एकातिर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगेको छ भने अर्कातिर नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् लागेका छन् । नेपाल वायुसेवा सुधार समितिले बुझाएको प्रतिवेदन अनुसार, समयमा विमान खरिदका लागि लिएको ऋण ४८ अर्ब १७ करोड रुपैयाँमा पुगेको देखाएको छ । पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन सोल्टी होटलको सेयर बेची नयाँ जहाज किन्न सुझाएपछि पर्यटन मन्त्री सुदन किराती हौसिएका हुन् ।

निगमले जहाज किन्दा होस् या भाडामा लिँदा प्रकरणको रुप धारण गर्ने क्रम निरन्तर छ । जब पर्यटन मन्त्री हौसिन पुग्छन्, सँगै कमिशन र भ्रष्टाचार प्रकरणमा रुपान्तरित हुने गर्छ । नयाँ जहाज खरिदको दौडधुपमा लागेका मन्त्री किरातीलाई क्षेत्री प्रतिवेदनको साहरा मिलेको छ ।  त्यसो त, मन्त्री नियुक्त भएपछि उनी जहाज खरिदमै जोड दिँदै आएका छन् । किरातीले सार्वजनिक कार्यक्रममा पनि जहाज खरिद गर्ने बताउँदै आएका छन् । जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको मन्त्री किरातीको तर्क छ । त्यसमा आफ्नो निजी स्वार्थ नभएको समेत दाबी गर्दै आएका छन् ।

मन्त्री किरातीले बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि जहाज खरिद गर्ने बताएका थिए । “हामीसँग एक अर्ब ६५ करोड पैसा छ । साना जहाजको प्रक्रियामा हामी अघि बढेका छौं । इतिहासदेखि ऋणमुक्त हुने गरी नाफा हुने भएन,” मन्त्री किरातीले भने, “हामीसँग ६ वटा जहाज छ । हामी आएपछि सञ्चालन खर्चमा नाफा भएको छ ।” क्षेत्री समितिले निगमको सोल्टी होटेलमा भएको सेयर बेचेर स्रोतको जोहो गर्न सुझाव दिएको छ ।  निगमको सोल्टी होटेलमा एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर स्वामित्व छ ।  उक्त सेयर बेचेर जहाज खरिद गर्न स्रोतको जोहो गर्न सकिने समितिको सुझाव छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid