May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:५९
आईपीएल : राजस्थानले  मुम्बईलाई ९ विकेटले हरायो

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि यशस्वी जैसवालले शतक बनाए । उनले सर्वाधिक एक सय ४ रन जोडे । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको मुम्बई ६ अङ्कका साथ सातौँ स्थानमा छ । आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।