May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३७
ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको उल्लेख छ ।

हाल बजारमा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भैरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर (१४.२ केजीको) रु १,८९५ मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य विल लिन आम उपभोक्ताहरूमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैर कानूनी भएकाले त्यस्तो कार्य नगर्न नगराउनु सम्बन्धित सबैमा पनि संघले जानकारी गराएको छ । कानून विपरित ग्यास विक्री गरेको पाईएमा सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउन पनि संघले आम उपभोक्ताहरूमा सूचित गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।