May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युद्ध मैदानबाट बचाएर ल्याएकोमा सरकारलाई धन्यवाद दिंदै नेपाली विद्यार्थीहरु

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३७
युद्ध मैदानबाट बचाएर ल्याएकोमा सरकारलाई धन्यवाद दिंदै नेपाली विद्यार्थीहरु
  • २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे
  • उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो
  • नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन्

काठमाडौं ।।

इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि । बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशले भनिरहेका थिए– धन्यवाद नेपाल सरकार !

उनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन् । कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए । कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गरिरहेका थिए । “सकेसम्म नेपालमै बस्ने हो । विदेशी भूमि आफ्नो जस्तो हुँदो रहेनछ,” बझाङका एक विद्यार्थी भनिरहेका थिए ।

कोही नेपाली भूमिमा सम्भावनाका कुरा गरिरहेका थिए, इजरायलले कृषिमा गरेको आधुनिकीकरणका किस्सा सुनाइरहेका थिए । तिनैमध्येका रामपुर चितवनका वसन्त भट्टराईले सम्भावना भएर नेपालले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको बताए । कोही बेपत्ता रहेका विपीन जोशीको पनि पनि सम्झना गरिरहेका थिए । असोज २० गते शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार शवहरू ल्याउन अझै समय लाग्ने भएको छ । उनले इजरायलले कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि नेपाल ल्याउन समस्या नरहेको बताए । “अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ,” साउदले भने ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट