May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

किन कमजोर हुँदैछ हाम्रो मुटु ?

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:0६
किन कमजोर हुँदैछ हाम्रो मुटु ?

मुटु रोग विश्वभर मृत्युको प्रमुख कारण बनेको छ । पछिल्ला केही वर्षको रिपोर्ट हेर्‍यौं भने पहिलेको तुलनामा अहिले हृदयाघातका बिरामी बढ्दै गएकाले मृत्युदर पनि बढेको छ । धेरै अध्ययनहरूले सुझाव दिएका छन् कि हाम्रो मुटु समयसँगै कमजोर हुँदै गइरहेको छ, जसको लागि जीवनशैली र खानपानमा गडबड प्रमुख कारण हो।

विगतको तुलनामा हाम्रो मुटु किन कमजोर हुँदै गइरहेको छ ? विशेषज्ञले यसका केही कारणहरू औंल्याएका छन् ।

जब मुटु स्वस्थ हुन्छ, यसले फोक्सोबाट अक्सिजन युक्त रगत सङ्कलन गर्छ र शरीरको बाँकी भागमा सजिलै पम्प गर्छ। तर, मुटु कमजोर हुँदा यसको काम राम्ररी हुँदैन । कमजाेर मुटु मुटुकाे लागि मात्र नभएर सम्पूर्ण शरीरको लागि हानिकारक हुनसक्छ। तर मुटु किन कमजोर बन्दै गएको छ र यसलाई स्वस्थ र बलियो बनाउन के–के प्रयास गर्न सकिन्छ भन्ने कुरा मुटुरोग विशेषज्ञबाट बुझौं ।

किन कमजोर हुँदैछ मुटु ?

विशेषज्ञका अनुसार मुटुलाई कमजोर बनाउने धेरै कारकहरू हुनसक्छ । यसमा कोरोनरी आर्टरी डिजिज सबैभन्दा प्रख्यात छ। जब कुनै व्यक्तिलाई धमनीमा अवरोधका कारण मायोकार्डियल इन्फेक्शन (हृदयघात) हुन्छ, मुटुको मांसपेशीको एक भाग क्षतिग्रस्त हुन्छ र यसले पम्पिंग डिसफंक्शन निम्त्याउँछ। यो अवस्थाले मुटुलाई सामान्य रूपमा काम गर्न गाह्रो बनाउँछ ।

त्यसैगरी, मेटाबोलिक समस्याले तौललाई मात्र असर गर्छ भन्ने लाग्छ भने, यसले हृदय रोगको जोखिम पनि निम्त्याउन सक्छ भन्ने कुरा जान्न जरुरी छ। मेटाबोलिक विकारहरू जस्तै मधुमेह, मोटोपना, र हाइपोथाइराइडिज्मले भविष्यमा कार्डियोमायोप्याथीको जोखिम बढाउँछ।

मुटुकाे समस्या बढाउने केहि अवस्थाहरू छन्, जसमा उच्च रक्तचाप, भल्भ रोग, थाइरोइड रोग, मृगौला रोग, मधुमेह वा जन्मजात मुटुमा हुने दोषहरू पर्दछन्। यी सबैले समयसँगै मुटुलाई कमजोर बनाइदिन्छ । मुटुको मांसपेशीमा दबाबका कारण यसको जोखिम बढी हुन सक्छ।

मुटुको हेरचाह कसरी गर्ने ?

विशेषज्ञ मुटुलाई स्वस्थ र बलियो बनाउन उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्नु आवश्यक हुने बताउँछन् । मुटुले साँघुरो नसाहरूबाट रगत पम्प गर्न कडा मेहनत गर्नुपर्छ, जसले अंगलाई कमजोर बनाउँछ। यस बाहेक यदि तपाई अधिक तनाव लिनुहुन्छ भने यो पनि तपाईको मुटुको लागि राम्रो हुँदैन।

विशेषज्ञ आफ्नो लक्षणहरू निगरानी गर्न, नियमित तौल र रक्तचाप जाँच गर्न सुझाउँछन् । यदि तपाईको तौल बिना कारण बढेको छ वा ब्लड प्रेसर प्रायः नियन्त्रणमा छैन भने अवश्य यसबारे डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ । थोरै सावधानीले तपाईंलाई भविष्यमा गम्भीर स्वास्थ्य समस्याहरूको जोखिमबाट बचाउन लामो बाटो जानसक्छ। एजेन्सीबाट

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्