काठमाडौं ।।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्दै उनले अन्य संवैधानिक आयोगजस्तै अपांगता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताएका हुन् ।