sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कृष्णबहादुर महराका छोरा ‘राहुल’ भए जेल चलान

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:११
कृष्णबहादुर महराका छोरा ‘राहुल’ भए जेल चलान
  • राहुल महरा सुन तस्करी प्रकरणमा पक्राउ 
  • राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरियो 
  • बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगे

काठमाडौं ।।

विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।  भदौ १३ मा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशपछि उनलाई सुन्धारा कारागार चलान गरिएको हो । उनीसँगै सो अभियोगमा पक्राउ परेका लोकेन्द्र पौडेलसमेत जेल चलान भएका छन् ।

पौडेल भेपमार्फत ९ किलो सुन नेपाल भित्र्याउने चिनियाँ नागरिक दाओजिङ वाङका गाडी चालक हुन् । ६१ किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगेका थिए । ९ किलो सुनमा समेत उनको संलग्नता खुलेको थियो ।  त्यस्तै, बौद्धका निमा गुरुङको समेत ९ किलो सुन तस्करीमा संलग्न देखिएको छ । उनी भने फरार छन् । हाल सुन्धारा कागारभित्र भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि राखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid