May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कृष्णबहादुर महराका छोरा ‘राहुल’ भए जेल चलान

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:११
कृष्णबहादुर महराका छोरा ‘राहुल’ भए जेल चलान
  • राहुल महरा सुन तस्करी प्रकरणमा पक्राउ 
  • राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरियो 
  • बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगे

काठमाडौं ।।

विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।  भदौ १३ मा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशपछि उनलाई सुन्धारा कारागार चलान गरिएको हो । उनीसँगै सो अभियोगमा पक्राउ परेका लोकेन्द्र पौडेलसमेत जेल चलान भएका छन् ।

पौडेल भेपमार्फत ९ किलो सुन नेपाल भित्र्याउने चिनियाँ नागरिक दाओजिङ वाङका गाडी चालक हुन् । ६१ किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगेका थिए । ९ किलो सुनमा समेत उनको संलग्नता खुलेको थियो ।  त्यस्तै, बौद्धका निमा गुरुङको समेत ९ किलो सुन तस्करीमा संलग्न देखिएको छ । उनी भने फरार छन् । हाल सुन्धारा कागारभित्र भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि राखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।