sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११
इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी
  • इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने
  • लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी
  • नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने

काठमाडौं ।।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको बताए । बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमला गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी पनि गरेका छन् । इजरायलले उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । सीमानजिक सयौँको संख्यामा ट्यांक र सैनिक राख्दै इजरायल गाजा कब्जा गर्नेतर्फ अग्रसर देखिएको छ ।

जारी युद्धबीच बाइडेनले आउँदा दिनमा इजरायल भ्रमण गर्न सक्ने समाचार एजेन्सी एपीले जनाएको छ । प्यालेस्टाइनी नागरिकलाई विशेष गरी गाजामा संयुक्त राष्ट्रसंघ, इजिप्ट, जोर्डन, इजरायल र अरू क्षेत्रीय सरोकारवालासँगको समन्वयमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्ने राष्ट्रपतिको प्रयास रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच, इजिप्टतर्फको गाजाको सीमानाका मानवीय सहायता पठाउन खोल्ने अपेक्षा गरिएको छ । धेरै देशहरूबाट संकलित सयौँ मेट्रिकटन सहायता सामग्री इजिप्टको सिनाई प्रायद्वीपमा रोकिएको छ । सहायता सामग्री सुरक्षित रूपमा गाजामा पठाउन र त्यहाँ रहेका विदेशी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँगको भेटपछि यस्तो बताएका हुन् । राष्ट्रसंघ, इजिप्ट, इजरायल र अरू सरोकारवालाको समन्वयमा रफाह नाका खोल्ने तयारी भइरहेको उनले उल्लेख गरे । ब्लिन्केनले नाका कहिले खोलिन्छ भन्ने निश्चित समय भने तोकेका छैनन् । आइतबार अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ डेभिड सेटरफिल्डलाई मध्यपूर्वका निम्ति मानवीय मामिला विशेष दूतका रूपमा नियुक्त गरेको छ । उनी सोमबार इजिप्ट आइपुग्ने र थप काम गर्ने बताइएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid