काठमाडौं ।।
चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को निर्माण पक्षले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए । लेखक तथा निर्माता लामिछानेले पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको बताए । मान्छेबाट नचाहँदा नचाहँदै गल्ती हुने भएकाले यदि त्यसो भएको भए कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन रहेको उनको भनाइ छ ।
चलचित्रमा स्वस्तिमा खड्कासँगै विपीन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ यही दसैँको फूलपातीका दिन रिलिज हुँदै छ ।