sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युक्रेनी सेनाको नियन्त्रणमा बर्दियाका विवेक खत्री

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३७
युक्रेनी सेनाको नियन्त्रणमा बर्दियाका विवेक खत्री

बर्दिया । युक्रेनी सेनाको नियन्त्रणमा रहेका २३ वर्षीय विवेक खत्रीको परिवार त्रासमा छ । खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण लिएको खबर पाएपछि उनको घर रहेको बर्दिया राजापुर नगरपालिका १, मनपरीपुरमा सन्नाटा छाएको छ ।

करिब १५ दिनअघि युक्रेनी सेनाले खत्रीलाई नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफू पक्राउ परेको जानकारी घरपरिवारलाई गराएका थिए । विवेक सन् २०२२ अक्टोबर २३ तारेखमा रुसको राजधानी मस्को पुगेका थिए ।

उनी अर्थशास्त्रमा स्नातक अध्ययनका लागि मस्को पुगेका थिए । विवेकलाई रुसी सेनाले युक्रेनविरुद्ध लड्न पठाएको जानकारी परिवारले पाएका छन् । उनको उद्धार गरिदिन सरकारसँग विवेकका परिवारले आग्रह गरेका छन् ।

‘नेपाल सरकारले जसरी हुन्छ पहल गरेर विवेकलाई सकुशल घरसम्म पुर्याइदेओस् । सरकारसँग हाम्रो यही अनुरोध छ,’ विवेककी फुपु महिमा सिंहले भनिन्,

विवेक पक्राउ परेको जानकारीपछि स्थानीय बासिन्दा पनि चिन्तित रहेको राजापुर नगरपालिका १ का वडाध्यक्ष बाबुराम थारुले जनाए । कूटनीतिक माध्यम्बाट विवेकको रिहाका लागि पहल गर्न स्थानीय प्रशासनसमक्ष आफन्तजनले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले घर परिवारको पहिचान भई जानकारी लिएको बताए ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid