April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

मिठाइको पर्व तिहार नजिकिदै जादा बजारमा चिनी अभाव

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० 0९:४१
मिठाइको पर्व तिहार नजिकिदै जादा बजारमा चिनी अभाव

काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर अनुसार प्रतिटन ८३२ अमेरिकन डलर मूल्य वा खरिदमै प्रतिकेजी चिनी १४२ रुपियाँ परेको थियो ।

त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा त त्यो चिनी नेपालमा ल्याएर बिक्री गर्न सकिने अवस्था नदेखिएकाले खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले चाडपर्वलाई लक्षित गरेर मन्त्रालय तहबाट यो पटक अनुदानमा चिनी खरिद असम्भव भएको स्वीकार गरे । उनले भने, “चिनी खरिदका लागि कर्पोरेसन र खाद्य कम्पनीबाट प्रक्रिया अगाडि बढाएका हौँ तर झनै चर्को मूल्य प¥यो, त्यो चिनी ल्याएर नेपालमा बिक्री गर्न सम्भव देखिएन ।”

आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवालासँग व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मङ्गलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल ग¥यो तर औपचारिक माध्यमबाट चिनी ल्याउन सकिने अवस्था अहिलेसम्म फेला नपरेको सो महाशाखाका प्रमुख ठाकुरको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० 0९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट