sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेची अस्पतालमा हिंसापीडितलाई निःशुल्क उपचार

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:२४
मेची अस्पतालमा हिंसापीडितलाई निःशुल्क उपचार
मेची अस्पतालमा हिंसापीडितलाई निःशुल्क उपचार

हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ ।
लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत सेवा प्रवाहको लक्ष्य राखिएको हो ।
यस शीर्षक अनुसार वार्षिक हिंसापीडित १७० बढीले निःशुल्क सेवा पाएको विगतका विवरणहरूले देखाएको छ ।
मेची अस्पताल मातहतमा रहेको निःशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । पछिल्लो विवरण अनुसार उपचार गर्न आउने १४ वर्ष मुनिका बालिकाको संख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौन हिंसा पीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसालगायत अपराधबाट पीडितहरु आउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा पेश गरिएको विवरण अनुसार हिंसा पीडितको सूचीमा विर्तामोड नगरपालिका, मेची नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाबाट बढी मात्रामा सेवा लिन आउने गरेको देखिन्छ ।
विभिन्न सरोकारवाला संघसंस्थाले उद्धार गरेपनि हिंसापीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्षमार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिँदै आएको समितिका सदस्य सचिव डा। टंकप्रसाद बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रजिअ रिजालले महिला हिंसा न्यूनीकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सुझाव समेत लिएका थिए ।

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid