sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:११
फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

काठमाण्डाै – नेकपा एमालेका सांसद विष्णु पाैडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनाैती दिनुभएकाे छ ।

आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्ताे चुनाैती दिनुभएकाे हाे । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन भन्ने मलाई लाग्दछ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ भने त्याे प्रस्ताव सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस् । त्यो आँट छ सरकारसँग ? सरकारले सदनमा प्रस्ताव प्रस्तुत गराेस् । नेपालीका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन् । म चुनौतीका साथ भन्न चाहन्छु, सरकार यो गलत निर्णयबाट पछि हटोस् ।’

सांसद पाैडेलले सरकारले प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको आराेप लगाउनुभयाे । उहाँले सरकारको काम, कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको पनि बताउनुभयाे ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid