May 24, 2025 | शनिबार, जेष्ठ १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यूएईविरुद्ध एकै ओभरमा नेपाललाई दुई सफलता

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:३0
यूएईविरुद्ध एकै ओभरमा नेपाललाई दुई सफलता
  • यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे
  • यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए
  • चार ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ३० रन बनायो 

काठमाडौं ।।

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा पहिलो सफलता दिलाएका हुन् । यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे ।

त्यसपछि सोही ओभरको चौथो बलमा सोमपालले यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए । वसिमले २६ रन बनाए । जारी खेलको चार ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ३० रन बनाएको छ । आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट