May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

१ क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:३८
१ क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ
  • सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद
  • चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम
  • सुनका गहना १५३.८ ग्राम
  • काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला 

विराटनगर ।।

मोरङको विराटनगर महानगरपालिका-११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि  भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर  भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । भारतीय  नागरिक विश्वजित जानाले सञ्चालन गरेको  ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दिउँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकिएको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो ।  सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो ।

दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्नेछ । भारतको पश्चिम बंगालको मजलिसपुर घर भएकाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । ज्वलेर्समा छापा मारेको सरकारी टोलीले चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री छन् । सुनको मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेस पनि छन् । ज्वेलर्समा छापा हान्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु  गरेको उनले बताए । भारतीय नागरिक विश्वनाथ जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै ज्वेलर्समा राखेर विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारीलगायत स्थानका पसललाई सप्लाई गर्ने गरेको प्रहरीको दाबी छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।