sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१६ लाख बालबालिका भोकमरीको जोखिममा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १0:५४
१६ लाख बालबालिका भोकमरीको जोखिममा
  • १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम
  • आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै
  • बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या

सुडान ।।

संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ ।

देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ । गएको वर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीका सबैजसो मानिस विस्थापित भएका छन् । विश्व खाद्य कार्यक्रमले दक्षिण सुडानमा आएको बाढी र त्यसपछिको अवस्था जलवायु परिवर्तनका कारण प्रत्यक्ष भोगिएको ठूलो समस्या रहेको बताएको छ । दक्षिण सुडानका झण्डै ७६ प्रतिशत मानिसलाई मानवीय सहायता चाहिने संयुक्त राष्ट्र सङ्घको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid