sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बुद्ध एअरबाट पहिलो पटक यात्रुले आफ्नो हक खोसे

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३३
बुद्ध एअरबाट पहिलो पटक यात्रुले आफ्नो हक खोसे

उडान रद्ध हुनु विमान कम्पनीको दोष हो,हामीले किन सास्ती खेप्नु भन्ने तर्कसहित खाने,बस्ने व्यवस्थाको माग राखेर बुद्ध एअरका ४० जना यात्रुले हिजो साँझ काठमाडौं विमानस्थलमा घण्टौं नाराबाजी गरेका छन् । दिउँसो साढे २ बजेको भरतपुर उडान अबेरसम्म नभएको र रात परेपछि उडान रद्ध गरेको जानकारी दिँदै तिमीहरू आ-आफ्नो घर या डेरा जाओ भनेर विमान कम्पनी गैरजिम्मेवार बनेपछि उनीहरु नाराबाजीमा उत्रेको बताइन्छ ।

भरतपुर जान विमानमा चढेपछि साँझ ओरालिएका यात्रुले विमानस्थलमा नाराबाजी गर्दै खाने र बस्ने व्यवस्था मिलाउन माग गरेका हुन् । दिउँसो २ः२० बजे उड्नुपर्ने बुद्धको उडानलाई ट्राफिक होल्डका कारण ४ः१० बजे बोर्डिङ गराइएको थियो । भरतपुर विमानस्थलले साँझ ५ बजेपछि विमान अवतरण गर्न नदिने नियम छ । सोहिअनुसार विमानमा चढिसकेका ४० जना यात्रुलाई साँझ ५ बजेपछि ओरालियो ।

भरतपुर जान दिउँसो १ बजेदेखि विमानस्थल पुगेको र विमानमा चढाइसकेपछि गन्तव्यसम्म जान नपाउँदा आफूहरुले साँझमा नाराबाजी गर्नुपरेको यात्रुको भनाई छ । विमानबाट झर्न नमानेपछि आफूहरुलाई प्रहरी र एअरलाइन्सका कर्मचारीले दबाब दिएर बस चढाई टर्मिनलको अराइभल अगाडि आइपुगेपछि झोला बोकेर घर जान निर्देशन दिएको प्रतिक्रियास्वरुप खानेबस्ने व्यवस्थाको माग गरिएको उनीहरुको दाबी छ ।

“बुद्धले उनीहरुलाई होटलमा राखेर खानपिनको समेत व्यवस्था गरेपछि अन्ततः अब आन्तरिक उडानमा पनि यस्तो अवस्थामा यात्रुलाई होटल र खानाको व्यवस्था गर्नैपर्ने नजिर कायम भएको छ ।”

‘कि विमान उडाऊ अन्यथा,होटलमा खाने बस्ने प्रबन्ध गर’ भन्दै यात्रुहरु नाराबाजीमा उत्रेपछि साँझ साढे ७ बजे उनीहरुमध्ये १४ जनालाई मण्डला इन होटलमा लगेर राखियो । बाँकी २६ जनाले भने टिकट फिर्ता गरेर पैसा लिए ।

हिजोको घटनापछि विमान कम्पनीहरुको बदमासी छताछुल्ल भएको छ । विशेषगरी आन्तरिक उडानमा रहेका बुद्ध,यतिलगायत कम्पनीले यात्रुसँग कसेर भाडा लिने अनि उडान रध्द हुँदा अलपत्र पार्ने गरेका छन् । काठमाडौंबाट नयाँ दिल्लीसम्मको भाडा भन्दा धनगढीको भाडा निकै महँगो छ । तर, उडान रद्ध वा ढिलो भएमा यात्रुलाई अलपत्र पार्ने गरिन्छ ।

रात साँझको समयमा समेत यात्रुले गन्तव्यसम्म जान नपाएपछि महँगो होटल वा अन्यत्रको बास खोज्नुपर्ने,खाना खानुपर्ने बाध्यता आइलाग्छ । महँगो टिकट,त्यसमाथि महँगो बास र खानाले ढाड सेकिने गरेको छ । अर्कोतर्फ जरुरी काममा हिँडेकालाई त्यहाँ पनि अप्ठेरो पर्नु स्वाभाविक हो ।

हिजो पहिलो पटक बुद्ध एअरलाई यात्रुले यसरी बोर्डिङ भइसकेको अवस्थामा उडान हुन नसकेपछि आफ्नो खाने र बस्ने व्यवस्थाको निम्ति बाध्य पारेका हुन् । बुद्धले उनीहरुलाई होटलमा राखेर खानपिनको समेत व्यवस्था गरेपछि अन्ततः अब आन्तरिक उडानमा पनि यस्तो अवस्थामा यात्रुलाई होटल र खानाको व्यवस्था गर्नैपर्ने नजिर कायम भएको छ ।

यात्रुले महँगो भाडा तिर्नुपर्ने,कर्मचारीले सीमित सुविधा पाउने तर मालिक दिन दुई गुणा, रात चौगुणाले मोटाउने प्रवृत्तिमाथि हिजो ४० जना यात्रुले बुद्ध एअरलाई गतिलो झापड दिएका छन् । यसले अन्य आन्तरिक वायुसेवा कम्पनीलाई पनि यात्रुको सेवामा जिम्मेवार बन्न बाध्य बनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid