April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

झापामा प्रहरीद्वारा अश्रु ग्यास प्रहार, दर्जन बढी घाइते

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० २२:२१
झापामा प्रहरीद्वारा अश्रु ग्यास प्रहार, दर्जन बढी घाइते

झापा : झापाको दमकमा सुरक्षाकर्मी र पहिचानवादीबीच मंलगबार साँझ झडप भएको छ।

कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार दमकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा झडप भएको हो।

झडपपछि दमक अशान्त बनेको छ। झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी एक दर्जन बढी घाइते भएका छन्।

घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पताल र दमक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको थप विवरण आउन बाँकी छ।

राँके जुलुसलाई रोक्न खोज्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि ग्याँटिससहित ढुंगामुडा प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले दमकको गणतन्त्र चोकमा जुलुस निकालेर सडकमा टायर बाल्दै प्रदर्शन गरेका थिए। प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्याँस र छर्रा प्रहार गरेको बताइएको छ।

श्रोत: अन्नपुर्ण

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० २२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट