March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ 

हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:0९
हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा
  • गल्तीमा जनतासँग हजारपल्ट माफी  माग्छौं 
  • व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह
  • हामीले गरेको गल्तीको भारी बोक्न तयार छौं 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”

उनले पीडामा भएका आम मानिसलाई भड्काउने काम भइरहेको बताए ।

“यसलाई संगठित गरेर दुरुपयोग गर्ने प्रयास हुनेछ,” उनले भने, “०५९ असोज १८ गते तत्कालीन राजाले आफ्नो शासन हातमा लिनुभयो । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनुभयो त्यसबेला पनि काठमाडौंमा दीपावली भएको थियो । ठिक गर्नुभयो महाराज ! यिनको चरित्र र व्यवहारले दुःख पाएका थियौँ भनेका थिए । त्यही भन्ने मान्छे ०६२ चैतमा गणतन्त्र जिन्दावाद भन्दै सडकमा आयो । यसको उत्तर नखोजीकन जिम्मेवार कार्यकर्ताले गलत कुरा गर्न मिल्दैन । यसलाई पर्गेल्न चिन्तन गर्नुपर्छ ।”

उनले पार्टीका नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाइएको बताए ।

“हामीले गल्ती गरेका छौँ हजारपटक जनतासँग माफी माग्नुपर्छ,” उनले भने, “०५१ मा मध्यावधिमा नगएको भए माओवादी आउँदैनथ्यो । माओवादीको कारणले देशको १५ वर्ष खेर गएको छ । अनावश्यक युद्ध भयो । यही व्यवस्थामा आउनु थियो भने युद्ध किन ? हामीले ०५६ मा बहुमत पायौँ थेग्न सकेनौँ । छलफल गर्नुपर्छ । कसैलाई दोष दिएर हुँदैन । हामीले गरेको गल्तीको भारी बोक्न तयार हुनुपर्छ । हामीले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन खोज्यौँ ।” उनले गल्ती व्यक्ति र पात्रले गरेको बताउँदै व्यवस्था र आस्थालाई दोष लगाउन खोजिएको बताए । उनले अहिलेको अवस्थामा कांग्रेस जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट