April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

राष्ट्रपति पौडेलले झापाका स्वर्गीय दाहालका परिवारलाई पठाए समवेदना

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:00
राष्ट्रपति पौडेलले झापाका स्वर्गीय दाहालका परिवारलाई पठाए समवेदना

झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उनको झापास्थित निवासमा पुगेर हस्तान्तरण गरे ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक पटक सहभागि भएर जेलनेल र यातना भोग्नुभएका पूर्णनन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णनन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’

राष्ट्रपति पौडेलले पंचायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालिन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहेका पूर्णनन्द शर्माले गरेको सहयोगको स्मरण पनि गरे ।

झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उनी पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बसेका थिए । शर्मा पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक बन्दी जीवन विताएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।