sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:२८
ओमानमा अलपत्र झापा मेचीनगरकि सञ्जितालाई नेपाली दूतावासद्वारा उद्धार
  • रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइयो 
  • ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले फसायो 
  • नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार गरियो 

झापा ।।

वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो ।

ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरजस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।

कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिएको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो ।

सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन् । उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन् । घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन् ।

“ओमानमा मलाई चारतले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरजस्ती गरे,” उनले भनिन्, “ब्युटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिनँ भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरूले बन्धक बनाएर तनाव दिए ।”

उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले दुई लाख ५० हजार रुपैयाँ माग गरेको बताइन् ।

“तिमीलाई दुई लाख ५० हजार रुपैयाँमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देऊ, अनि मात्र घर फर्कन पाउँछौँ भन्यो,” रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उनले भनिन्, “त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।”

उनी ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वर्ल्ड म्यानपावर कम्पनीको बिर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन् । बिर्तामोडमा रहेको अप्सरा ब्युटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन् ।

ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यले उद्धारका निम्ति स्काई म्यानपावर कम्पनी र अप्सरा ब्युटीपार्लर गुहारेका थिए । दुवै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजवंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए ।

“मलाई कम्पनीले अलपत्र पार्‍यो, छिटो उद्धार भएन भने म झुन्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौँ,” सञ्जिताका काका राजवंशीले भने, “जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्युटीपार्लरमा जाँदा केही पनि जान्दैनौँ भनेर फर्काइदिए ।”

सांसद शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा एक लाख ५० हजार रुपैयाँ म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन् । उद्धारपछि घर फर्कंदा निःशुल्क आउन पाएको उनले बताइन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid