sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओली र रविलाई विश्वप्रकाशको कडा दनक

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:३४
ओली र रविलाई विश्वप्रकाशको कडा दनक
  • मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान
  • देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती
  • चुनावको नभएर देश र नागरिकको भविष्यको चिन्तन गर्नुस्

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान गरेका छन् । अछाम कांग्रेसको कार्यक्रमलाई सोमबार सम्बोधन गरेका शर्माले ०८४ मा हुने नियमित चुनावमा आ-आफ्नो दललाई मत त्यसबेला नै माग्नुपर्ने भन्दै १०/१५ वर्षमा देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती दिए ।

“आगामी १५ वर्षपछि देशलाई कहाँ पुर्‍याउने त्यो विषयमा दलहरूले चिन्ता गरौँ न,” महामन्त्री शर्माले भने, “सरकार त आउँछ जान्छ, हिँड्ने बाटो र पुग्ने लक्ष्य प्रष्ट भए जताबाट गए पनि पुगिन्छ । तर, देशलाई निश्चित अवधिमा पुर्‍याउने कहाँ हो त्यसको लक्ष्य निर्धारण र हासिल गर्ने बाटो महत्वपूर्ण हुन्छ ।” उनले ओली र लामिछाने दुवैले मिसन ०८४ भनिरहेको भन्दै त्यसको के अर्थ छ भनेर प्रश्न समेत उठाए । केही दिनअघि ओली मिसन ०८४ भन्दै अछाम पुगेको भन्दै उनले ओलीप्रति व्यङ्ग्य समेत गरेका थिए ।

“दुई–तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो । तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन । बडेबडे झापालीको मूल लक्ष्य मिसन ०८४ भन्नुभएको छ,” ओलीको नाम नलिइकन शर्माले भने, “एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसद्मा उभिएको छ, उसले पनि मिसन ०८४ भन्दैछ । मिसन ८४ भनेको के हो ? के कांग्रेसले २००७ सालमा राणाशासन छलेर जनतालाई स्वतन्त्रता दिएको जस्तै हो ?”

०८४ सालमा नियमित चुनाव मात्र हुने र त्यसले एउटा नयाँ सरकार दिने उनको भनाइ थियो । “न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ, चुनाव हुने कुन ठूलो कुरा भयो ? चुनाव पहिला पनि हुन्थ्यो, अब पनि हुन्छ,” शर्माले भने, “अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ । अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ ।”

उनले जिम्मेवार राजनीतिक दलले चुनावको नभएर देशको र नागरिकको भविष्यको चिन्तन गर्नुपर्ने भन्दै ओली र लामिछानेलाई चुनावको शुभकामना दिएका थिए ।  “०८४ सालको चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ,” शर्माले भने ।

उनले कांग्रेस मिसन ०८४ को घोषणा र चुनावी चिन्तामा नरहेको बताए । “०८४ को वैशाखतिर चुनाव घोषणा होला, चुनावको चिन्ता त्यतिबेला नै गरौंला,” शर्माले भने, “तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौँ । बाटो, बिजुली के–के गर्न बाँकी छ, काम गर्दै जाऔँ । मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, अब त्यो पनि ०८४ पछि खोज्ने त ? यस्तो कुरा हुँदैन ।”

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid