August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संसद सचिवालयका कर्मचारीमाथि हातपात

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १४:00
संसद सचिवालयका कर्मचारीमाथि हातपात
  • कर्मचारीमाथि उनकै सहकर्मीद्वारा हातपात
  • प्रतिवेदनमा नाम छुटेको विषयमा झापड हानियो 
  • स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि

काठमाडौं ।।

संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् । मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ । सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट