विराटनगर ।।
नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् । सोमबारको प्रदशेसभा बैठकको विशेष समयमा बोल्दै स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी गरे।
उनले भने, “संघीय सरकारले के गर्दैछ जनताले थाहा पाएका छैनन् । के हुँदैछ जनतालाई थाहा दिनुपर्छ ।” उनले खर्च कटौतीको प्रस्ताव गर्नुपर्ने बताउँदै प्रदेश सरकारले चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने माग गरे । उनले एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने बताए ।