sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हामीबीच मतभेद केहि छैन हल्लाको पछि नलाग्न डा. शेखर कोइरालाको आग्रह

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १५:४२
हामीबीच मतभेद केहि छैन हल्लाको पछि नलाग्न डा. शेखर कोइरालाको आग्रह
  • १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर छैन 
  • मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह
  • शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् ।आफू पक्षीय भेला राखेका डा. कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकको सुरुवातमै बोलेका डा. कोइरालाले गगन र आफूबीच मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह समेत गरेका छन् ।

“शेखर दाइले हामीबीच कुनै मतान्तर छैन भन्नुभयो,” ती नेताले भने, “हामीबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभएको छ ।” कोसी प्रदेशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा सिंगो पार्टी एकातिर शेखर कोइराला अर्कोतिरको अवस्था बनेको थियो । नेपाली कांग्रेसका ९ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो ।

त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो । सार्वजनिक रूपमा पनि महामन्त्रीद्वयले अनुशासनको प्रश्न उठाएका थिए । त्यसयता शेखर र गगनबीच भेटवार्ता र छलफल समेत भएको थिएन । सुरुमा शेखर कोइरालाले मंगलबारका लागि बैठक डाक्दा गगनलाई खबर नै नगरिएको गगन निकटहरूले बताएका थिए । तर, शेखरले गगनको समय लिएर नै एक दिनपछि बैठक डाकेका हुन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid