May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने भन्दै प्रचण्ड मेयर बालेनसंग रिसाए

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १२:३५
कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने भन्दै प्रचण्ड मेयर बालेनसंग रिसाए
  • ललितपुर महानगरपालिकाको वार्षिक उत्सव
  • प्रचण्डसँगै मेयर बालेन पनि एउटै मञ्चमा बसे 
  • कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण हटाइदिन बालेनको अनुरोध 

काठमाडौं ।।

ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन पनि एउटै मञ्चमा थिए । शुभकामना मन्तव्य राख्ने क्रममा बालेनले प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।

बालेनले भनेका थिए, ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ आफ्ना कुरा राखेर बालेन कार्यक्रमबाट हिँडे ।

प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रचण्डले बालेनसँग असन्तुष्टि जनाए । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

त्यसपछि प्रचण्डले बालेनले उठाएका विषयको जवाफ दिए । प्रचण्डले खोला किनारका अतिक्रमण, तिनकुनेको मुआब्जा र फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा छलफल गरेर आफूले जति अरु प्रधानमन्त्री कसैले पनि पहल नगरेको बताए । तर पहल गरेको कुराको जस नपाएको गुनासो उनले गरे । प्रचण्डले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

उनले आफूले गरेका सकारात्मक कामलाई सकारात्मक रुपमा नलिदिइएकोमा पनि प्रचण्डले गुनासो गरे । ‘मैले गरेका सकारात्मक कामलाई सकारात्मक सोच सहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिनु हो,’ प्रचण्डले भने, ‘मैले त्यो पीडा पनि बेलाबेलामा महसुस गर्ने गरेको छु ।’ आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको र अब नयाँ ढंगले काम गर्न चाहेको भन्दै प्रचण्डले त्यसमा सबैको साथको अपेक्षा गरे ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट