May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:३८
पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शीर्ष नेताहरूविरूद्ध जारी भएको पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा जारी रहेको विप्लवका सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार शीर्ष नेताविरुद्ध जारी भएको पक्राउ पुर्जी, समाजवादी मोर्चाको भूमिका, पछिल्लो राजनीति अवस्थाबारे गम्भीर समीक्षा हुनेछ । जिल्ला मंसिर १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

‘पक्राउ पुर्जी, पछिल्लो राजनीतिक अवस्था, मोर्चाको भूमिकाबारे समीक्षा गर्न बैठक बोलाइएको हो । सरकारसँग भएको तीन बुँदे समझदारी बमोजिम मुद्दा फिर्ता लिन सरकारसँग हामीले आग्रह गरेका थियौँ । तर कार्यान्वयन भएका छैनन् । यसबारे समीक्षा हुन्छ’, विप्लवका सचिवालयका एक सदस्यले भने ।

मुद्दा फिर्ता लिने विषयमा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपाल लगायत नेताहरूसँग भेटेर छलफल गरेका थिए ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट