May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

विश्वविद्यालयप्रति अब गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:५३
विश्वविद्यालयप्रति अब गम्भीर हुनुपर्छ  : प्रधानमन्त्री
  • विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने
  • त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास
  • विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् । सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास भएपनि पर्याप्त नभएको बताए । ‘आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन’ गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प चाहिने भन्दै उनले भने, ‘यस दिशामा विश्वविद्यालय परिवारले थप मिहिनेत गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘२१औं शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रिविले झेलिरहेको समस्या र नागरिकको अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु ।’ भूमण्डलीकृत विश्वको दवाव तत्कालका निम्ति काबुबाहिर देखिएको उनले बताए ।  उनले प्रश्न गरे, ‘तर विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ?

विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?’ एकातिर विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, अर्कातिर आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिने पनि गरेको पनि उनले बताए । ‘यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । विश्वविद्यालयहरूको रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले त्रिविको स्तरवृद्धिमा सहयोगका निम्ति सरकार सधै तत्पर रहेको बताए ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।