काठमाडौं ।।
परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ। क्षेत्रीय सहयोगलगायत सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ पार्ने बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्नेबारे छलफल भएको हो।
छलफलमा श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाले स्थान पाउने बताइएको छ। दुई मन्त्रीले जलवायु परिवर्तनले आ-आफ्नो देशले भोग्नुपरेको गम्भीर असरबारे छलफल गरेका छन्। बैठकमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्रीसहित, परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्।