April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अर्बौं ठगी आरोप लागेका साहु फरार भएपछी ग्यालेक्सी फोरके टेलिभिजन बन्द

  • साझा परिवेश
  • शनिबार, पुस ७, २०८० १५:१५
अर्बौं ठगी आरोप लागेका साहु फरार भएपछी ग्यालेक्सी फोरके टेलिभिजन बन्द

फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टीभी बन्द भएको छ । करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी बन्द भएको हो ।

फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । त्यस्तै टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने घाेषणा गरिएकाे थियाे ।

तर टेलिभिजन सञ्चालनमा आएको ३४ महिनापछि ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टीभीका मालिक गीतेन्द्र बहादुर राई (जीबी राई) सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।

राईमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका पूर्वअध्यक्ष र हालका संरक्षक रहेका राईले आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारीमा पैसा जम्मा गर्न लगाएर रकम हिनामिना गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनी फरार छन् ।

राई सम्पर्कमा नआएपछि टेलिभिजनले ६ दिनयता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ । फेसबुक, युट्यब लगायत टीभीका टीभीका सामाजिक सञ्जाल अकाउन्टमा नयाँ अपडेट छैन । अहिले उक्त टीभीमा गीतमात्रै प्रसारण भइरहेको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस ७, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।