July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १२:३१
राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै
  • राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न
  • केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै
  • सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने

काठमाडौं ।।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा यही पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक, पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक र पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ । जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्