sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुमना श्रेष्ठ : प्रतिवेदन दिन पत्रकार सम्मेलन गर्नुपर्ने ठाउँमा किन सुटुक्क मन्त्रालयलाई मात्र दिएको ?

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:३0
सुमना श्रेष्ठ :  प्रतिवेदन दिन पत्रकार सम्मेलन गर्नुपर्ने ठाउँमा किन सुटुक्क मन्त्रालयलाई मात्र दिएको ?
  • एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा सुमनाको प्रश्न
  • समितिले सुटुक्क प्रतिवेदन किन बुझाउने ?
  • पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले यस्ता धेरै समितिले सुटुक्क प्रतिवेदन बुझाउने गरेकी बताइन् । “प्रतिवेदन फुल हाउसमा या पत्रकार सम्मेलन गरेर दिन्छ कि सुटुक्क मन्त्रालयमा दिन्छ ? फेरि बालमन्दिरको जस्तै हुन्छ । यस्ता धेरै समिति देखियो त्यस्तै हुने हो ?,” उनले प्रश्न गरिन्, “के त्यो समितिको हैसियत छ ? प्रधानमत्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिएर मिडियामा दिन सक्छ ? ल्याकत छ त्यो समितिको ? हैसियत छ ?”

बैठकमा उपस्थित नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पनि उनले प्रश्न गरिन् । “त्यत्रो पैसा कहाँबाट आयो, यो एफडीआई हो कि हैन ? टेलिकम कम्पनी चलाउन साँच्चै विदेशी लगानी आ’को छ ? कति आ’को छ, कति लाग्यो त्यो चाहियो,” उनले भनिन्, “सुन्नमा के आएको छ भने नेपालकै लगानी छ यस (एनसेल) मा ।” नियामक निकाय कारबाही गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । “नियामकले कारबाही किन नगर्ने भनेर पत्र पठाउने कि यस्तो किन भएन, यो विवरण बुझाऊ भनेको छ । नियामकसँग कारबाही गर्ने अधिकार छ, त्यो किन प्रयोग भएन ?”

एनसेलले अदालतको आदेश नमानेको विषयमा के भइरहेको छ भनेर उनले प्रश्न गरिन् । “यो सतिशलाल बक्यौता तिर्न नसकेर खारेज भएको स्मार्टकै हैन ? लाइसेन्स नवीकरण गर्दा २० अर्ब समय सान्दर्भिक छ कि छैन ?,” उनले प्रश्न गरिन्, “अहिले यो कानुन संशोधन गर्ने बेला भयो कि भएन ? एनसेलले हाम्रो अदालतले दिएको आदेश नमान्दा हामीले के गरिरहेका छौँ ।” एनसेल खरिद–बिक्री प्रकरणलाई सम्पत्ति शुद्धीकरणसँग पनि जोडेर हेर्नुपर्ने उनले माग गरिन् । “मनी लाउन्ड्रिङको पक्षबाट पनि हेरौँ । १० वर्षको अडिट रिपोर्ट मागौँ,” उनले भनिन्, “अहिलेको समितिले अहिलेका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ ।”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid