May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १६:0३
हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अहिलेसम्म हिउँदे वर्षा भएको छैन ।

पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यस वर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । केही दिनअघि देशको पश्चिमी भागमा आंशिक प्रभाव रहे पनि सशक्त हुन नसक्दा वर्षा नभएको हो ।

गएको वर्ष पनि यो समयमा हिउँदे वर्षा भएको थिएन । फागुन १६ गतेसम्मलाई हिउँदयाम मानिन्छ । त्यसैले त्यस बेलासम्म हिउँदे वर्षा हुन सक्ने भए पनि अहिले लगातार लामो समय पानी नपरेको हो । अहिले नै वर्षा हुने खालको कुनै पनि प्रणाली नदेखिएको मौसमविद् पुडासैनीले बताउनुभयो ।

यतिखेर नेपालका धेरैजसो ठाउँमा गहुँखेतीका लागि हिउँदे वर्षा आवश्यक हुन्छ । तर समयमा पानी नपर्दा उत्पादन घट्ने चिन्ता रहेको किसानहरू बताउँछन् । हिमाली क्षेत्रमा पर्याप्त हिमपात पनि भएको छैन । लामो समय पानी नपर्दा खेतीमा असर पर्नुको साथै प्रदूषण बढेर विभिन्न रोगको जोखिम समेत बढ्न विज्ञहरू बताउँछन् ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट