sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३४
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक
  • ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक
  • आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास
  • नेपथ्यको एघारौँ एल्बमका लागि तयारी

काठमाडौं ।।

लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ ।

ब्यान्डको गीतको मुखडाले भन्छ–

‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिनँ’

सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ । गीतको प्रसंग झन्डै छ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङ सुनाउँछन् । “म पचास वर्ष पुगेको बेला तनहुँका अनील अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो,” उनले भने, “त्यो परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ ।”

नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यो गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन् । गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो । ‘पचासै वर्षमा’को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid