sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:३९
सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो
  • करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकियो 
  • उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरे
  • सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भए

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले सन्दीपका पक्षमा बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् । काठमाडौं  जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसमा अहिले जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा जारी सुनुवाइमा आजै आदेश हुन सक्छ वा सक्दैन भनेर जानकारी गराइसकिएको छैन । तर, जवाफी बहस सकिएपछि फैसला आउन सक्ने अदालत स्रोतले जानकारी दिएको छ ।

सन्दीपको विपक्षमा सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठ जनाले बहस गरेका थिए । जवाफी बहस भने जाहेरवाला र सरकारी वकिलबाट एक–एक जनाले गर्ने बताइएको छ । पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid