May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्थानीय तहमा योजना,कतै खातैखात कतै शून्य

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० 0७:३९
स्थानीय तहमा योजना,कतै खातैखात कतै शून्य

काठमाडौँ । सङ्घ र प्रदेश सरकारको पहुँच पुगेका स्थानीय तहमा योजनाको खातैखात छन् भने पहुँच नपुगेका स्थानीय तहले योजनाको अभाव झेल्दै आएका छन् । सङ्घ र प्रदेश सरकारमा पहुँच पुगेका स्थानीय तहमा तीनै तहका विकासका योजना सञ्चालन भएका छन् । पहुँचविहीन स्थानीय तहमा भने योजनाको अभावमा विकासका काम अधुरा र अलपत्र पर्दै आएका छन् । कतिपय स्थानीय तहमा विकास निर्माणका काममा साधनस्रोत छरिँदा सरकारको लगानी बालुवामा पानी जस्तै भएका छन् ।

स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले व्यवस्थित विकास नीतिको अभावमा स्थानीय तहमा कतै योजनाको खातैखात र कतै योजनाको अभाव भइरहेको बताए ।

उनका अनुसार अहिले तीनै तहका योजना मागका आधारमा नभई नेतृत्वको पहुँचका आधारमा कार्यान्वयन हुने हुँदा भौतिक पूर्वाधार विकासको काम उपलब्धिमूलक हुन सकेको छैन । स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको आवधिक योजना बनाई स्रोतसाधनलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा योजना कार्यान्वयन गर्नुपर्नेमा अधिकांश स्थानीय तहले आफूखुसी योजना कार्यान्वयन गर्दै आएका छन् ।

उनले भने, “अहिले स्थानीय तहका जनप्रतिनिधिमा क्षमता विकासको अभावमा कामप्रति उत्साह नै छैन । अधिकांश जनप्रतिनिधि विभिन्न प्रलोभनको पछाडि लाग्ने गरेका छन् ।”

अर्का स्थानीय शासनविज्ञ डा। शेषरमण न्यौपानेले स्थानीय तहमा व्यवस्थित र योजनाबद्ध विकासका अभावमा कतै योजना धेरै भएर कामै हुन नसकेको त कतै योजना नै नपर्ने गरिएको बताए ।

उनले हरेक क्षेत्रमा अन्तरपालिकास्तरीय क्लस्टर निर्माण गरी सो क्लस्टरमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका भौतिक पूर्वाधार निर्माणको बजेटलाई एकीकृत गर्ने, उक्त क्लस्टरमा निर्माण गर्नुपर्ने विद्यालय, खानेपानी, पुल सडक, सामुदायिक भवनलगायतका भौतिक पूर्वाधारको व्रmमिक रूपमा आवश्यकताका आधारमा निर्माण गर्दै जाँदा समानुपातिक रूपमा विकास गर्न सकिने सुझाव दिए ।

स्थानीय शासनविज्ञ डा. न्यौपानेले भने, “स्थानीय तहले आवधिक र वार्षिक योजनालाई एकीकृत गरी बजेट निर्माण नगर्दा विकासका योजना छरिएका हुन् । बजेट एकीकृत गरी योजनाबद्ध विकास गर्ने हो भने छोटो समयमै विकासका धेरै काम गर्न सकिन्छ ।”

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सबै स्थानीय तहमा आवधिक योजनासहितको व्यवस्थित विकास निर्माणको काम हुन नसकेको स्वीकार गरे । पहुँच धेरै भएका स्थानमा स्वाभाविक रूपमा तीनै तहका योजना कार्यान्वयन भएको तर पहुँचविहीन स्थानीय तह योजना कार्यान्वयनको प्रतीक्षामा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० 0७:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट