sweet bonanza
June 17, 2026 | बुधबार, असार ४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १६:१७
महाजात्रा :  विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रियबजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

‘महाजात्रामार्फत हामीले प्राप्त गरेको माया र शुभेच्छाले हामीलाई आउँदा दिनमा थप जिम्मेवार बनाएको छ । परिवारलाई एकसाथ हलसम्म ल्याएर खुसी बनाउन पाउदासँगै फिल्मको व्यावसायिक सफलताको पाटो हाम्रो लागि सुनमा सुगन्ध झैँ भएको छ’, निर्माता खत्रीले भने ।

अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ । यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid