sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिचानवादी र कोशी सरकारबीच वार्ता आज फेरि बस्ने

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0७:५५
पहिचानवादी र कोशी सरकारबीच वार्ता आज फेरि बस्ने

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीचको बिहीबार पहिलो दिन हिजोको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ताका सहभागी आज शुक्रबार पुनः फेरि बस्ने भएका छन् ।

विराटनगरको बिग होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन् ।

वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी थिए । उनले पहिलो दिनको वार्ता सकारात्मक भएको भन्दै आज फेरि बस्ने सहमतिका साथ सम्पन्न भएको बताए ।

संघर्ष समितिका तर्फबाट वार्तामा युवराज राईलगायतको सहभागिता थियो । समितिको वार्ता टोलीले पनि आजको वार्तामा दुवै तर्फबाट आफ्ना कुरा राखिएको उल्लेख गर्दै सकारात्मक भएको जानकारी दिए ।

सरकारी टोलीमा जबेगूको संयोजकतत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन् ।

समितिको तर्फबाट वार्ता टोलमिा डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीलगायत छन् ।

प्रदेशसभाको २०७९ फागुन १७ को बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचानमा आधारित नभएको भन्दै पहिचानवादीहरु असन्तुष्ट रहँदै आएका छन् ।

उनीहरुले पुनः नामकरणको मागसहित आन्दोलन गर्दै आएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid