sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जावको विजयी सुरु

  • साझा परिवेश
  • आइतवार, चैत्र ११, २०८० 0७:१७
आईपीएल क्रिकेटमा कोलकाता र पञ्जावको विजयी सुरु

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हरायो । कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिशेक शर्माले समान ३२ रन जोडे । कोलकाताका हर्षित रानाले सर्वाधिक तीन, आन्द्रे रशेलले दुई तथा वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

कोलकाताका आन्द्रे रसेलले अविजित ६४ रन बनाए । ओपनर फिलिप साल्टले ५४ रन जोडे । हैदराबादका टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । हिजो भएको पहिलो खेलमा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पञ्जावले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्र्स र लखनउ सुपर जायन्स् तथा राती पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ११, २०८० 0७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid