राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् ।
सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताएका छन ।
उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ ।