April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १0:३३
साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने

काठमाडौँ । साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने बताए ।

मक्का चेम्बर अफ कमर्सको मुख्यालयमा आयोजित व्यापारीहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री अल–राजीले मौसमी काममा साउदीका युवालाई आफ्नो क्षमता र सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने पेसामा सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । उनले मौसमी भिसाले हज र उमराहजस्ता विशेष मौसममा कम्पनीको कामलाई सहज बनाउन सहयोग गर्ने बताए ।

‘उनीहरूलाई तोकिएको दायराभित्र भर्ना गरिएको काम मात्र गर्न सक्षम बनाउन र भिसा धारकलाई हज गर्न अनुमति नदिने कुरा सुनिश्चित गर्न आवश्यक छ,’ उनले भने । उनले आफ्नो मन्त्रालय, मक्का चेम्बरबीच चुनौती छलफल गर्न, अवसरमा लगानी गर्न, विशेष गरी हज, उमराह सिजनसँग सम्बन्धित र सिफारिस पेस गर्न कार्य टोली गठन गर्ने घोषणा गरे । व्यापारीसँगको संवाद सत्रमा उनले निजी क्षेत्रमा काम गर्ने साउदीको संख्या १७ लाखबाट २३ लाखमा बढेको बताए ।

‘निजी क्षेत्रको रोजगारीमा महिला सहभागिता १७ प्रतिशतबाट बढेर ३५.३ प्रतिशत पुगेको छ, भिजन २०३० लक्ष्य ३० प्रतिशतभन्दा बढी छ, यसले श्रम बजारमा साउदी महिलाको दक्षता देखाउँछ,’ उनले निजी क्षेत्रको सहयोगको प्रशंसा गर्दै भने । मक्का चेम्बरको सञ्चालक समितिका उपाध्यक्ष मुस्तफा रजवले आर्थिक कार्य प्रवद्र्धन र समाजलाई सहयोग गर्ने चेम्बरको उपलब्धि’ जानकारी गराएका थिए ।

‘हामीले साउदी भिजन २०३० को अनुरूप, कुनै प्रतिबन्धबिना, मक्काका व्यापारीको भूमिका खेल्न निस्क्यौं जसले भव्य मस्जिद र मुस्लिमको किब्लाको नजिकको आनन्द लिन्छ । इस्लामिक चेम्बर अफ कमर्स, मक्का चेम्बर, मदिना चेम्बर, जेद्दा चेम्बर र ताइफ चेम्बरलाई मुस्लिम व्यापारको भेटघाट गर्ने ठाउँका रूपमा ल्याएर हामीले मनाफियाको विचार अपनाउन थाल्यौं,’ उनले भने ।

७३ नेपालीलाई एक्जिट भिसा
साउदी अरबमा विभिन्न कारण गैरकानुनी रूपमा बसोबास गर्दै आएका ७३ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ७३ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेको जानकारी दिए ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ ।

यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । साउदीमा करिब ११ हजारभन्दा बढी नेपाली गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएका त कति छन् कति । साथै यस्ता घटनाहरूलाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट